SHARE
लोक पथ · सोमबार ६ असो २०८२ १०:५१ AM · 1 मिनेट पढाइ

सडकका खाल्डाखुल्डी मर्मत गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले सुर्यविनायक–धुलिखेल सडक खण्डको अनुगमन गरेका छन् । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयका सचिवसहितको अधिकारीसहित उनले सो सडक खण्डको अनुगमन गरेका हुन् ।