SHARE
लोक पथ · सोमबार ६ असो २०८२ ११:११ AM · 1 मिनेट पढाइ

सञ्चारमन्त्रीको पहिलो निर्णय- ‘५ महिनाभित्र प्रमुख १० शहरमा नि:शुल्क इन्टरनेट’

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी ५ महिनाभित्र देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा निशुल्क इन्टरनेट सेवा सञ्चालन गर्ने घोषणा गरेका छन् । आज सिंहदरबारमा पदभार ग्रहण गर्दै पहिलो निर्णयका रुपमा मन्त्री खरेलले सो घोषणा गरेका हुन् ।