SHARE
लोक पथ · सोमबार ६ असो २०८२ ११:२२ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनका शहीद र घाइते परिवारलाई रोजगारी दिन नवनियुक्त उद्योगमन्त्रीको आग्रह

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले शहीद परिवारलाई रोजगारी दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । सोमबार मन्त्रालयमा पदभार सम्हाल्दै उद्योगसँगै कानून न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहेका उनले यस्तो बताएका हुन् ।