SHARE
लोक पथ · सोमबार ६ असो २०८२ ११:४६ AM · 1 मिनेट पढाइ

दसैँअघि मेलम्चीको पानी काठमाडौं नआउने

काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै मेलम्चीको पानी आउने भएको छ । वर्षाका कारण मेलम्चीमा पानीको बहाव बढेकाले दसैँ अगाडि मेलम्चीको पानी काठमाडौंमा ल्याउन नसकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासले जानकारी दिए । उनले भने, ‘पानीको बहाब घटेको छैन । बहाब घटेपछि पानी ल्याउने तयारी छ ।