SHARE
लोक पथ · सोमबार ६ असो २०८२ ११:५१ AM · 1 मिनेट पढाइ

दुग्ध र उखु किसानका समस्याहरु समाधान गर्छु : कृषिमन्त्री परियार

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले पदभार ग्रहण गरेका छन् । शीतलनिवासमा शपथ ग्रहण समारोहपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले दुग्ध र उखु किसानका समस्याहरु समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।