SHARE
लोक पथ · सोमबार ६ असो २०८२ १२:२० PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनका क्रममा फरार दुई अमेरिकी कैदी पक्राउ

काठमाडौं । बालयौन दुराचार र जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका दुई फरार विदेशी नागरिक पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते अन्य कैदीहरु जेल तोडेर भाग्ने क्रममा कैद सजाय भोगिरहेका दुई अमेरिकी नागरिक समेत फरार भएका थिए । पक्राउ पर्ने क्रममा माइकल नोरम्यान टायलोर र जन्सन ल्लोड मोडाइ रहेका छन् ।