विन्दास महावीर : मन्त्री क्वार्टर नचाहिने, मन्त्रालयमै बस्न मागे खाट र किचेन
काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुले मन्त्रीको जिम्मेवारी पाएका छन् । खास निर्वाचन गराउने म्याण्डेटसहित प्रधानमन्त्री बनेकी कार्कीले सम्बन्धित क्षेत्रमा दक्षता राख्ने व्यक्तिहरुलाई सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिएकी हुन् । त्यसमध्ये एक हुन् राष्ट्रिय आविस्कार केन्द्रका सञ्चालक नेपाली वैज्ञानिक महावीर पुन ।
