अब कर्मचारीले घुस मागे वा दुख दिएमा अर्थमन्त्रीलाई इमेल, मन्त्रालयले तोक्यो सम्पर्क व्यक्ति
काठमाडौं । अर्थमन्त्रालयले काममा हुने ढिलासुस्ती अन्त्य गर्न सम्पर्क व्यक्ति तोकेको छ । मन्त्रालयले मातहतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुबाट हुने सेवा प्रवाहमा कर्मचारीले गर्नुपर्ने काम नगरेमा सिधै अर्थमन्त्री र मन्त्रालयको इमेलमा खबर गर्न भनेको हो ।
