SHARE
लोक पथ · सोमबार ६ असो २०८२ ०१:५६ PM · 1 मिनेट पढाइ

यस वर्ष पनि नुवाकोटको बेलकोटगढीमा राखियो सामूहिक जमरा

काठमाडौं । नुवाकोट जिल्लाको ९ कोटमध्ये प्रशिद्ध मानिएको बेलकोटगढीमा सामूहिक जमरा राखिएको छ । असोज ६ गते घटस्थापनाका दिन नवनिर्मित जमराघरमा एक विशेष कार्यक्रमको आयोजना गरि जमरा राखिएको बेलकोटगढी वडा नं १० का वडा अध्यक्ष प्रल्हाद थपलियाले जानकारी दिए । बाजागाजासहित स्थानीयहरुको उपस्थितिमा जमरा राखिएको हो ।