बुद्ध एयरले सुरु गर्यो नयाँ एटीआर–७२–६०० मार्फत व्यावसायिक उडान
निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले आफ्नो नयाँ सिरिजको ‘एटीआर ७२–६००’ जहाजमार्फत नियमित व्यावसायिक उडान सुरु गरेको छ । शुक्रबार बिहान ८ बजेर ६ मिनेटमा ‘९एन–एओएस’ कलसाइन भएको उक्त जहाजले ६६ जना यात्रु बोकेर काठमाडौंबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान भरेको हो ।
