SHARE
पर्दाफास · शुक्रबार​ १९ भौ २०८३ ०७:३४ AM · 1 मिनेट पढाइ

फेवातालमा कार खस्दा २ जनाको मृत्यु, २ जना घाइते

कास्कीको पोखरा महानगरपालिका–१८ गैरीचौतारा फेवातालमा शुम्रबार भारतीय नम्बर प्लेटको कार खस्दा दुई जनाको ज्यान गएको छ। दुई जनालाई सकुशल उद्धार गरिएको हाे। बीआर ०५ बीबी ६७५९ नम्बरको कार अनियन्त्रित भई फेवातालमा खसेको थियो ।