SHARE
पर्दाफास · शुक्रबार​ १९ भौ २०८३ ०७:३८ AM · 1 मिनेट पढाइ

विपद् प्रभावितलाई बंगलादेशद्वारा १० लाख अमेरिकी डलर सहयोग

बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख अमेरिकी डलर सहयोग गरेको छ । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि जारी राहत, पुन:स्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न उक्त रकम आज सहयोग गरेको हो ।