SHARE
पर्दाफास · शुक्रबार​ १९ भौ २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह

देशका विभिन्न भू–भागमा आज नदी तथा खोलाहरूको बहाव उल्लेख्य बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी रसुवा र नुवाकोट जिल्ला भएर बहने नदीहरूमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ ।