भोटेकोशी बाढी अपडेट : ९२६ शवको व्यवस्थापन, सनाखतका लागि १,८६२ डीएनए नमुना संकलन
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोज तथा उद्धार कार्यको क्रममा हालसम्म १ हजार २ सय ९० वटा शव तथा मानव अंग फेला परेको छ । नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढीमा परी अझै ४ हजार ७ सय ९८ जना बेपत्ता रहेका छन् ।
