SHARE
पर्दाफास · बिहीबार १८ भौ २०८३ ०२:४० PM · 1 मिनेट पढाइ

चीनतर्फ फसेका ११४ नेपाली तातोपानी नाका हुँदै नेपाल फर्किए

रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका ११४ जना नेपाली बिहीबार तातोपानी नाका हुँदै नेपाल आइपुगेका छन् । बाढीका कारण चीनतर्फ फसेका १४७ नेपालीमध्ये ११४ जनालाई चिनियाँ पक्षले सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो ।