SHARE
पर्दाफास · बिहीबार १८ भौ २०८३ ०२:५५ PM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडाउन रोक, अटेर गरे जफत गरिने

गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रहरूमा साना तथा अनधिकृत ड्रोन नउडाउन सबैमा आग्रह गरेको छ । विपद्ग्रस्त क्षेत्रमा जारी खोज, उद्धार तथा राहत कार्यलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो ।