रसुवामा ‘सानो पाइला’को कम्युनिटी किचन, बाढीपीडितलाई पोषणयुक्त भोजन
भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित उत्तरगया गाउँपालिकामा वीरगञ्जस्थित सामाजिक संस्था सानो पाइलाले ‘कम्युनिटी किचन’ सञ्चालनमा ल्याएको छ। बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत तथा खाद्यान्न सहयोग उपलब्ध गराउने उद्देश्यले संस्थाको टोली तीन दिनदेखि उत्तरगया क्षेत्रमा खटिएको छ।
