SHARE
पर्दाफास · बिहीबार १८ भौ २०८३ ०१:०९ PM · 1 मिनेट पढाइ

बालिकाको पेटमा डेढ किलो ट्युमर, केएमसीको सफल शल्यक्रियाले बचायो जीवन

काठमाडौं मेडिकल कलेज (केएमसी) का चिकित्सकले आठ वर्षीया बालिकाको पेटबाट करिब डेढ किलो तौलको जटिल ट्युमर सफलतापूर्वक निकालेर उनको जीवन बचाएका छन् । त्रियुगा नगरपालिका–२ का नवीन राईकी छोरी नियामा राईको पेटमा रहेको टेरेटोमा नामक ट्युमर शल्यक्रियामार्फत पूर्ण रूपमा निकालिएको हो।