SHARE
पर्दाफास · बिहीबार १८ भौ २०८३ ०१:१२ PM · 1 मिनेट पढाइ

टनेलभित्र अझै नागरिक अलपत्र रहेको भन्दै उद्धार गर्न सरकारसँग ज्ञानेन्द्र शाहीको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली क्षेत्रमा रहेका टनेलभित्र अझै नागरिक अलपत्र रहेको भन्दै तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सातवटा टनेलमध्ये दुईवटामा मात्रै उद्धार भएको र बाँकी पाँचवटा टनेलमा उद्धार हुन बाँकी रहेको दाबी गरे ।