चिलिमे सुरुङमा भारतीय–नेपाली टोली १०० मिटर भित्रसम्म पुग्यो
भोटेकोशी बाढीपछि उद्धार कार्यलाई तीव्रता दिइएको रसुवाको चिलिमे पावर हाउस सुरुङमा भारतीय र नेपाली प्राविधिक टोली करिब १०० मिटर भित्रसम्म प्रवेश गर्न सफल भएको छ। स्याफ्रुबेँसीनजिक चिलिमे क्षेत्रमा खटिएको भारतीय प्राविधिक टोलीले नेपाली सेनासँग सहकार्य गर्दै सुरुङभित्र उत्खनन तथा खोजी कार्य जारी राखेको छ।
