नवनियुक्त शिक्षामन्त्री पुनले सुरक्षा फिर्ता पठाए
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई तोकिएको सुरक्षा फिर्ता पठाएका छन् । मन्त्री पुनले प्रहरी सहायक निरीक्षक (असई)लाई मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै ‘मलाई सुरक्षा आवश्यक छैन’ भन्दै फिर्ता पठाएको बताइएको छ । पुनले आजमात्रै शपथ ग्रहण गरी पद बहाली गरेका छन् ।
