दुईतर्फी सञ्चालनमा आयो मुग्लिन-नारायणगढ सडक
मुग्लिन–नारायणगढ सडकको तुइन खोला नजिकै पहिरो गएपछि एकतर्फी खुलेको राजमार्ग साँझ साढे ५ बजेदेखि दुईतर्फी खुलेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले पहिरो पूर्णरूपमा हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । दुईतर्फी सडक खुलाउन यहाँ आज आवागमन रोकेर काम गरिएको थियो ।
