१५ वर्षीय बालक अपहरण, ५ करोड फिरौती माग
सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ डंग्राहा गाउँका १५ वर्षीय बालक अभिषेक सिंह अपहरणमा परेको भन्दै परिवारजनले इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिएका छन् । असोज ५ गते राती ८ः३० बजे खाना खाएर घर बाहिर आँगनमा निस्केका अभिषेक बेपत्ता भए । अभिषेककी आमा , बाजे र बज्यैले रातभरी गाउँ चाहारे तर बालक अभिषेक भेटिएनन् ।
