SHARE
पर्दाफास · बिहीबार १८ भौ २०८३ ०२:२४ AM · 1 मिनेट पढाइ

कृष्णभीरमा सडक कटानपछि यस्तो छ मालबाहक सवारीसाधनका लागि नयाँ रुट

पृथ्वी राजमार्गको कृष्णभीरमा त्रिशुलीले सडक कटान गरेपछि अब काठमाण्डु आउने मालबाहक सवारीसाधनका लागि नयाँ रुट तोकिएको छ । बुधबार भौतिक पूर्वाधार विकास मन्त्रालयमा बसेको बैठकले उपत्यकामा खाद्यान्न आपूर्ति सुचारु गर्न १२ चक्के मालबाहक सवारीसाधन मकवानपुरको भैँसेबाट त्रिभुवन राजपथ हुँदै सञ्चालन गर्ने निर्णय गरेको छ ।