SHARE
पर्दाफास · सोमबार ६ असो २०८२ ०३:२६ PM · 1 मिनेट पढाइ

दशैं सुरु भएसँगै अन्तर्राष्ट्रिय उडानमा चाप बढ्यो

बडादशैं सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ। विशेषगरी अन्तर्राष्ट्रिय उडानमा चाप भए पनि आन्तरिकतर्फ भने सामान्य रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ। दशैंमा काठमाडौँबाट विभिन्न गन्तव्यमा जाने हवाई यात्रुको सङ्ख्या उल्लेख्य रहेको छ। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अहिले विदेशबाट नेपाल आउने हवाई यात्रुको सङ्ख्या वृद्धि भइरहेको छ।