SHARE
पर्दाफास · सोमबार ६ असो २०८२ ०३:५७ PM · 1 मिनेट पढाइ

उद्धार केन्द्रका नीलगाई र चित्तल पाल्नै गाह्रो

कचनकवल गाउँपालिका–३ स्थित दुर्गाभिट्टा सामुदायिक वनको वन्यजन्तु उद्धार केन्द्रमा रहेका वन्यजन्तु नीलगाई र चित्तलको संरक्षणमा आर्थिक समस्या भएको छ। सामुदायिक वनको आम्दानी कम हुनु र कहीँकतैबाट पनि सहयोग नपाउँदा वन्यजन्तुको संरक्षणमा आर्थिक समस्या भएको वन उपभोक्ता समितिका सदस्य भीमप्रसाद लुइँटेलले बताए। हाल उक्त केन्द्रमा एउटा नीलगाई र छ वटा चित्तल रहेका छन्।