SHARE
पर्दाफास · बिहीबार १८ भौ २०८३ ०२:१० AM · 1 मिनेट पढाइ

ज्योति विकास बैंकद्वारा बाढी प्रभावितका लागि १ करोड सहयोग

ज्योति विकास बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।