कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही भदौ २० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले यही भदौ २० गते शनिबार पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा बैठक बस्न लागेको जानकारी दिए ।
