SHARE
पर्दाफास · बुधबार १७ भौ २०८३ ०२:०२ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी उद्धारमा भारतको पाँचौँ राहत उडान, ५.५ टन औषधिसहित उद्धार टोली नेपालमा

भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र भइरहेका बेला भारतले नेपालका लागि पाँचौँ राहत उडान पठाएको छ। पछिल्लो उडानमा ११ सदस्यीय विशेष उद्धार टोली, अत्याधुनिक उद्धार उपकरण तथा ५.५ टन अत्यावश्यक औषधि नेपाल ल्याइएको छ। गत भदौ १० गते आएको विनाशकारी बाढीपछि नेपालले सामना गरिरहेको मानवीय तथा भौतिक क्षति अत्यन्त ठूलो छ।