SHARE
पर्दाफास · बुधबार १७ भौ २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

आशिका तामाङसँगको विवादबारे वडा अध्यक्ष अधिकारीको स्पष्टीकरण- ‘मेरो संलग्नता थिएन, उल्टै मिडियाबाजी गरियो’

धादिङको गल्छी गाउँपालिका–४ का वडा अध्यक्ष राजु अधिकारीले सांसद आशिका तामाङले आफू र अन्य वडा अध्यक्षमाथि लगाएको आरोपको खण्डन गरेका छन्। वडा अध्यक्ष अधिकारीले बाढीपहिरोका क्रममा बैंकको भल्ट फेला परेको घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आफूले नै उक्त रकमबारे प्रहरीलाई सबैभन्दा पहिले जानकारी गराएको बताएका छन्।