SHARE
लोक पथ · बुधबार १७ भौ २०८३ ०७:३४ AM · 1 मिनेट पढाइ

अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग

काठमाडौं । संयुक्त राज्य अमेरिकाको मानवीय संस्था सामरिटन्स पर्सले भोटेकोशी बाढीबाट प्रभावित समुदायका लागि उपलब्ध गराएको ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री काठमाडौं आइपुगेको छ । अमेरिकी दूतावासका अनुसार राहत सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट र सौर्य बत्तीलगायतका सामग्री छन् ।