SHARE
पर्दाफास · बुधबार १७ भौ २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनले भने- शरीर थकित भए पनि विश्राम लिने छुट छैन

प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को सामना गर्न सरकार दृढतापूर्वक लागिरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षणभरमै ठूलो मानवीय क्षति पुर्याएको बताए ।