टाटाको बिक्रीमा उछाल : एक महिनामै ६७ हजार कार बेच्यो, ईभीतर्फ नयाँ रेकर्ड
काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले अगस्ट महिनामा यात्रुवाहक कार बिक्रीमा उल्लेखनीय वृद्धि गरेको छ । कम्पनीका अनुसार सन् २०२६ अगस्टमा भारत र अन्तर्राष्ट्रिय बजारमा गरी ६७ हजार ७५३ युनिट यात्रुवाहक कार बिक्री भएको छ । यो गत वर्षको अगस्टको तुलनामा ५६.४२ प्रतिशत बढी हो ।
