SHARE
लोक पथ · मङगलबार १६ भौ २०८३ ०५:२१ PM · 1 मिनेट पढाइ

साञ्जेन जलविद्युत् गृहलाई ‘आइसोलेटेड मोड’ मा सञ्चालन

काठमाडौं । भदौ १० को विनाशकारी बाढीका कारण विद्युत आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनःस्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई ‘आइसोलेटेड मोड’मा सञ्चालन गर्ने तयारी थालेको छ । प्राधिकरणले स्थानीय विद्युत् प्रणालीलाई छुट्टै सञ्चालनमा ल्याएर रसुवाका प्रभावित क्षेत्रमा आपूर्ति पुनःस्थापना गर्ने प्रयास गरिरहेको हो ।