SHARE
पर्दाफास · मङगलबार १६ भौ २०८३ ०४:१७ PM · 1 मिनेट पढाइ

विपद्का बीच सरकारको सन्देश- ‘नेपाल बन्द छैन, भ्रमणका लागि खुला छ’

हालैको प्राकृतिक विपद्का कारण नेपालका विभिन्न क्षेत्रमा जनजीवन, घर, व्यवसाय तथा रोजगारी प्रभावित भए पनि देशको अधिकांश भूभागमा जनजीवन सामान्य रूपमा सञ्चालन भइरहेको सरकारले जनाएको छ । विपद्बाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै मंगलबार सामाजिक सञ्जालमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सबैप्रति आभार व्यक्त गरेको छ ।