SHARE
पर्दाफास · मङगलबार १६ भौ २०८३ ०४:०८ PM · 1 मिनेट पढाइ

कागेश्वरी मनोहराकी इन्जिनियर कार्की घुस रकमसहित पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर दीपा कार्की घुससहित पक्राउ परेकी छिन्। नगरपालिकामा सातौँ तहमा कार्यरत कार्की र मध्यस्थता गर्ने आस्मा कार्कीलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो।इन्जिनियर कार्कीले ‘स्ट्रक्चर एनालिसिस’ काम स्वीकृत गरेबापत बार्गेनिङ गर्दै पटकपटक दुःख दिएको भन्दै सेवाग्राहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए ।