SHARE
लोक पथ · मङगलबार १६ भौ २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

टनेलभित्र अझै धेरै मानिसहरु त्यहीँको पानी पिएर बसिरहनुभएको होला : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रसुवागढी बाढीपछि विभिन्न जलविद्युत आयोजनाको टनेलबाट उद्धारका लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको दाबी गरेका छन् । मंगलबार विपद्पछिको अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलानमा गृहमन्त्री गुरुङले सो कुरा बताएका हुन् । विभिन्न टनेलभित्र फसेकाहरु अझै पनि जिवीतै उद्धार गर्ने प्रयासमा आफूहरु रहेको बताए ।