SHARE
लोक पथ · मङगलबार १६ भौ २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपछि स्थगित संसद् बैठक भोलि बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक यही भदौ १७ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा सभामुख डोलप्रसाद अर्यालले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।