SHARE
लोक पथ · मङगलबार १६ भौ २०८३ ०४:४० AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा बगेका १७ शव भारतमा फेला

काठमाडौं । भदौ १० गते आएको भोटेकोशी बाढीमा बगेर भारतमा १७ वटा शव फेला परेका छन् । भारतको उत्तर प्रदेशस्थित गण्डक (नारायणी) नदी क्षेत्रमा ती शव बरामद भएका हुन् । उत्तर प्रदेशको कुशीनगर जिल्लाका खड्डा र तमकुही राज तहसील क्षेत्रबाट १३ वटा शव फेला परेका छन् ।