सरकारलाई बीवाईडी बिक्रेता साइमेक्सको ७ करोड सहयोग
काठमाडौं । बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले बाढी र विपदबाट प्रभावित भएका नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि सात करोड सहयोग गरेको छ । साइमेक्स इन्कर्पोरेटेड प्रालिका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठलगायतले सरकारलाई सात करोड रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
