SHARE
मकालु खबर · शनिबार ४ असो २०८२ १०:१५ AM · 1 मिनेट पढाइ

मन्त्री घिसिङको निर्देशन- अवरुद्ध सडकहरु तत्काल सञ्चालनमा ल्याउनू

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा आज सरोकारवालासँग छलफल गरेका छन् । छलफलपछि मन्त्री घिसिङले चौबिसै घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिन र गुनासो सुन्न तथा त्यसको व्यवस्थापनका लागि निर्देशन दिए ।