रेडमी नोट १४ सिरिजका लागि विशेष ‘बन्डलिङ योजना’ : स्मार्टफोन खरिदमा ‘रेडमी बड्स ५ए’ ९९९ मा
काठमाडौँ । शिाओमीले रेडमी नोट १४ सिरिजका लागि विशेष अफर घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले स्मार्टफोन खरिदसँगै प्रिमियम एसेसरीमा आकर्षक छुट पाउनेछन् । असोज ५ गतेदेखि कार्तिक १४ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत, हरेक स्मार्टफोन खरिदमा ग्राहकले रेडमी बड्स ५ए केवल रु. ९९९ मा प्राप्त गर्न सक्नेछन् ।
