SHARE
मकालु खबर · शनिबार ४ असो २०८२ ११:२४ AM · 1 मिनेट पढाइ

याडिया ओविन नेपाली बजारमा सार्वजनिक, दसैँ विशेष मूल्य २ लाख १० हजार

काठमाडौँ । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रा. ली. ले बहुप्रतिक्षित याडिया ओविन विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । याडिया ओविन इटालीयन शैलीबाट प्रेरित आकर्षक रेट्रो–मोडर्न डिजाइनमा बनेको छ । यो स्कुटर सहरिया परिवेशमा सजिलो यात्राका लागि निर्माण गरिएको कम्पनीले जनाएको छ ।