SHARE
मकालु खबर · शनिबार ४ असो २०८२ ११:५५ AM · 1 मिनेट पढाइ

‘पब्लिक स्पिच नेपाल’को विजेता जाजरकोटका दिपक

काठमाडौँ । जाजरकोटका १९ वर्षीय दिपक राउत ‘पब्लिक स्पिच नेपाल’ को दोस्रो संस्करणको विजेता बनेका छन् । आज आयोजित प्रतियोगिताको अन्तिम चरणको कार्यक्रममा उनी विजयी हुँदै ट्रफीसहित रु ५० हजारबाट पुरस्कृत भए । बागेश्वरी असल शासन क्लब (बास नेपाल)को आयोजनामा भएको प्रतियोगितामा मेलिशा कार्की द्वितीय भएको छ भने दिपक परियार तृतीय भए।