SHARE
मकालु खबर · शनिबार ४ असो २०८२ १२:५७ PM · 1 मिनेट पढाइ

हुम्ला आउन छोडे चिनियाँ च्याङ्ग्रा

सिमकोट (हुम्ला) । कोरोना सङ्क्रमण भएपछि सदरमुकाम सिमकोटसहित हुम्लाभरि चिनियाँ च्याङ्ग्रा आउन छोडेका छन् । कुनै समय दसैैँ, तिहारलगायत पर्वमा सुरु हुन लाग्दा सदरमुकाम सिमकोटसहित हुम्लाभरिका गाउँघरमा चिनियाँ च्याङ्ग्रा मात्रै हुने गर्दथे । विसं २०७७ को कोरोना सङ्क्रमणका बेला यहाँ चिनियाँ च्याङ्ग्रा भित्रिन नसक्दा सर्वसाधारणले स्थानीय खसीबोका खरिद गरेर विभिन्न पर्व मनाउँदै आएका छन् ।