दाउन्ने सडकखण्डमा दसैँ अवधिभर ठूला सवारीलाई निषेध
काठमाडौँ । बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दसैँ अवधिभर ठूला सवारीमा रोक लगाइएको छ । आज भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको छलफलमा १२ चक्के र सोभन्दा माथिका ठूला भारवाहन सवारी साधनलाई रोक लगाउने निर्णय गरेको हो ।
