SHARE
मकालु खबर · शनिबार ४ असो २०८२ ०१:५० PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनका मृतकप्रति काँग्रेस काठमाडौँ महानगर समितिद्वारा दीप प्रज्वलन

काठमाडौँ । नेपाली काँग्रेसको काठमाडौँ महानगर समितिको जेन जी आन्दोलनका क्रममा निधन भएकाहरूको शोकमा दीप प्रज्वलन गरेको छ । शनिवार साँझ रत्नपार्कस्थित शान्ति बाटिकामा भेला भई काठमाडौँ महानगर समितिले दीप प्रज्वलन गरी शोक व्यक्त गरेको हो । दीप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा लगायतका नेताहरु सहभागी थिए ।