SHARE
लोक पथ · शनिबार ४ असो २०८२ ०७:०२ AM · 1 मिनेट पढाइ

धनुषाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

काठमाडौं । सशस्त्र प्रहरीले धनुषामा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । विदेह नगरपालिका–३ गोबराहीस्थित बाँसघारीभित्र लुकाइ राखिएको अवस्थामा ८ सय ३५ किलोग्राम गाँजा फेला परेको हो । सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालयको विशेष सूचनाका आधारमा नेपाल नं.८ गण धनुषाबाट खटिएको टोलीले शुक्रबार सो गाँजा बरामद गरेको हो ।