जेनजी आन्दोलन : बागमती प्रदेश सभाको ३५ करोड बराबरको क्षति
काठमाडौं । जेनजी आन्दोलनका क्रममा हेटौँडास्थित बागमती प्रदेश सभा भवनमा भएको आगजनी र तोडफोडका कारण भवन पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । हालै मात्र उद्घाटन गरिएको अस्थायी भवनसहित पुरानो भवनलाई पनि प्रदर्शनकारीले निशाना बनाएपछि करिब ३० देखि ३५ करोड बराबरको क्षति भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
