पाकिस्तानमा बम विस्फोट : ६ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा ट्याक्सी स्ट्यान्डमा भएको विस्फोटमा ६ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । विस्फोट चमन जिल्लामा, पाकिस्तान–अफगानिस्तान सीमा नजिकै भएको थियो । उद्धार सेवाका अनुसार पीडितहरूलाई जिल्ला मुख्यालय अस्पतालमा सारिएको छ र घाइतेको अवस्था गम्भीर रहेको छ ।
